प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता जारी

नयाँ दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच २५ मिनेट भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ताका लागि विदेशमन्त्री जयशंकर प्रधानमन्त्री शाहसँग भेट गर्न पुगेका थिए । उनीहरूबीचको भेटवार्ता सम्पन्न भइसकेको छ ।

जयशंकरसँगको भेटलगत्तै प्रधानमन्त्री शाह नेपाल–भारत बिजनेस फोरमले आयोजना गर्ने रात्रिभोज कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रम साँझ ७ बजेका लागि तय गरिएको छ ।

यसैबीच, प्रधानमन्त्री शाहको आजका लागि अन्य कुनै औपचारिक कार्यक्रम तय गरिएको छैन ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन् ।

त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ ।