प्रधानमन्त्री बालेन शाह भारत भ्रमण सकेर स्वदेश फर्किँदै

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री शाह केहीबेरअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि प्रस्थान गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले विमानस्थलमा बिदाइ गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा गएका थिए । भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न विषयमा सहमति तथा समझदारीसमेत भएका छन् । भ्रमणका निर्धारित कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह आज स्वदेश फर्किएका हुन् ।