काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख १२ हजार ५३५ रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम २ हजार ६९६ रुपैयाँ कायम भएको छ ।





