राशिद खानको पाँच विकेटसँगै पाकिस्तान ‘ए’ १६८ रनमै अलआउट, नेपाललाई १६९ रनको लक्ष्य

काठमाडौं । कतारमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली स्पिनर राशिद खानले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै पाँच विकेट लिएपछि पाकिस्तान ‘ए’ १६८ रनमै समेटिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तान ‘ए’ नेपाली बलरहरूको कसिलो बलिङसामु ४२ ओभरमा अलआउट भयो । पाकिस्तानले सुरुदेखि नै लगातार विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन ।

पाकिस्तानका लागि रोहिल नाजिरले सर्वाधिक ६४ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै, हसन नवाजले २८ र हैदर अलीले १५ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि राशिद खानले उत्कृष्ट प्रदर्शन गर्दै ८ ओभरमा एक मेडनसहित ३९ रन खर्चेर पाँच विकेट लिए । उनले शमिल हुसेन (६), माज सदाकात (१३), हैदर अली (१५), अहमद दानियाल (१६) र सुफियान मुकिम (०) लाई आउट गरे ।

यस्तै, अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए ।

पाकिस्तान ‘ए’ लाई १६८ रनमा समेटेसँगै नेपालले जितका लागि १६९ रनको लक्ष्य पाएको छ । नेपाल अब उक्त लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रनेछ ।