एक्स्ट्रिमको क्यान स्क्यान गरेर सुनको क्यान जित्ने अवसर

काठमाडौं । जाडो मौसमलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताका लागि ‘विन्टर अफर’ नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ६ जना भाग्यशाली उपभोक्ताले सुनको क्यान जित्ने अवसर पाउनेछन् ।

क्लासिकसहित पाँच फरक स्वादमा बजारमा उपलब्ध एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्ना उपभोक्तालाई लक्षित गरी उक्त योजना ल्याएको हो ।

योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ । त्यसपछि माग गरिएका विवरण दर्ता गरेसँगै उपभोक्ता उपहार योजनामा सहभागी हुन सक्नेछन् ।

कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी भाग्यशाली विजेता घोषणा गरिनेछ ।

आफ्ना उत्पादनका पाँच फरक स्वाद बजारमा विस्तार गरेको अवसरमा कम्पनीले यो अभियान सञ्चालन गरेको जनाएको छ । नयाँ स्वादमार्फत बजार विस्तार गर्नुका साथै उपभोक्तासँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले उपहार योजना ल्याइएको कम्पनीको भनाइ छ ।