२५ जेठ, काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन सिफारिसका लागि कमिटी गठन भएको छ।
नयाँ डिन सिफारिस गर्न डा प्रेमराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको हो । उक्त कमिटीमा डा सुवासराज आचार्य र डा जीवन शेरचन सदस्य छन्।
उक्त कमिटिले तीन जनाको नाम उपकुलपति समक्ष सिफारिस गर्नेछ ।
डा जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण अवकास पाएसँगै डिन पद रिक्त भएको थियो।







