गोर्खामा एकैपटक १० जनामा कोरोना संक्रमण

जेठ २५, गोरखा । गोर्खामा एकैपटक १० जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी गाउँपालिकाको तीन वटा क्वारेन्टाइनमा रहेका ९ जना र गोरखा सदरमुकाममा एक किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । 

गण्डकी गाउँपालिकाको भिमोदय आधारभूत विद्यालय र रत्नेश्वर मावि दर्बुङको क्वारेण्टाइनमा रहेका चार/चार जना र ज्ञानमार्ग माविको क्वारेण्टाइनमा रहेेेक एकजनामा पोजेटिभ देेखिएको हो । पालुङटारका युवक भने जिल्ला प्रहरी हिरासतमा थिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा शनिवार भएको स्वाब परिक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । 

उनीहरू सबैलाई जिल्ला अस्पताल गोरखाको आइसोलेशनमा राख्ने तयारी गरिदै छ ।