२५ जेठ, काठमाडौं । आज प्रतिनिधिसभामा आगामी आर्थिक बर्षको बजेट अन्तर्गत ७ वटा मन्त्रालयगत विनियोजित खर्च माथिको छलफल हुँदैछ ।
संघीय संसद सचिवालयका अनुसार आज उर्जा मन्त्रालय, शिक्षा मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय र राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय अन्तर्गत विनियोजित बजेटको कीर्षकमाथि छलफल हुनेछ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालयका लागि विभिन्न शिर्षकमा विनियोजित बजेटमाथि सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।
शनिवार अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, वन मन्त्रालय, संस्कृति, पर्यटन मन्त्रालय, उद्योग मन्त्रालय, स्वास्थय मन्त्रालय र कृषि मन्त्रालयमाथिको छलफल भएको थियो ।
शुक्रबार ७ वटा र शनिवार ८ वटा गरी १५ वटा मन्त्रालयको मन्त्रालयतगत शीर्षकमाथिको छलफल सकिएको छ । शुक्रबार ५३ जना र शनिवार ६० जना गरी १५ वटा मन्त्रालयको मन्त्रमलयगत शीर्षकमाथि ११३ सांसदले धारणा राखेका छन् ।







