अस्मिता अधिकारीको स्वरमा ‘तिमी छौ मनभरी’

कात्तिक २०, काठमाडौं ।
नयाँ गीत ‘तिमी छौ यो मन भरी’ सार्वजनिक भएको छ । जसमा अस्मिता अधिकारीको स्वर रहेको छ ।

गीतमा संगीत पुरुषोत्तम सुबेदीको रहेको छ भने शब्द अम्बिका गुरुङका छन् ।

गीतको भिडियोमा सृष्टि खड्काको अभिनय देख्न सकिन्छ । भावसागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् ।

भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।