कात्तिक, २२ काठमाडौं । नेपालमा भाइबरले देशकै सबैभन्दा ठूलो ई–वालेट ट्रान्सफर प्लेटफर्म ईसेवासँग साझेदारी गरेको छ । ईसेवाको आफ्नो कम्युनिटी र फेस्टिभ स्टिकरप्याक ल्याएको छ ।
ईसेवासँगै एक विशेष साझेदारी पनि भाइबरले चाँडै नै गर्ने जनाएको छ ।
भाइबरले सेवा आरम्भको एक दशक पुगेको अवसरमा विद्यमान मेसेजिङ्ग प्रणालीहरुको मुख्य विशेषतामा नयाँ च्याटबट पेमेन्ट शुरुवात गरेको हो । भाइबरले आफ्नो सेवा अब वित्तीय प्रविधि (फिनटेक) तर्फ पनि विस्तार भएको घोषणा गरेको छ ।
अब भाइबरका प्रयोगकर्ताहरुले यो प्लेटफर्मको उपयोग सामानहरु किन्न तथा सेवा वापतको भुक्तानी गर्न पनि सक्नेछन्, जसको लागि प्रयोगकर्ताले गुगल पेमेन्ट अथवा स्थानीय मोबाइल वालेटको सहायता लिनु पर्नेछ ।
यस कदमले भाइबरको बढोत्तरीलाई मेसेजिङ्गभन्दा अघि बढाएर एक महत्वपूर्ण कोसेढुंगा नै कायम गरेकोे छ । यस सेवाको शुभारम्भ युक्रेनबाट गरिने छ र २०२१ सम्म अन्य बजारहरुमा पनि विस्तार गर्ने योजना भाइबरको रहेकोे छ ।
यसका लागि कम्पनीले उत्कृष्ट गोपनीयता सुरक्षणका मापदण्डहरुद्वारा रेखाङ्कित गरेर, आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरुको आवश्यकताहरुलाई पूर्ति गरिदिने एण्ड–टु–एण्ड प्लेटफर्मको विकास गरेको छ ।
२०१७ को आरम्भमै ६४ प्रतिशत युवापुस्ताहरुले मेसेजिङ्ग एपहरुमा पि–टु–पि ट्रान्सफरमा आफ्नो रुची व्यक्त गरेका थिए । महामारीका कारणले यो संख्यामा अझ तीव्र वृद्धि भएको छ ।
भाइबरले यो आवश्यकतालाई महसुस गरेर आफ्नो सेवालाई उपयोगीतातर्फ विस्तार गरी प्रयोगकर्ताको गोपनीयता संरक्षणमा जोड दिँदै फिनटेक डिजिटल पेमेन्टेतर्फ अघि बढेको जनाएको छ ।







