गुगल फोटोज एपमा फोटो एडिटिङका लागि युजरसँग पैसा लिने तयारी

कात्तिक २४, काठमाडौं ।
गुगल फोटोजमै रहेको फोटो एडिटिङ फिचरका लागि प्रयोगकर्तासँग पैसा लिनेबारे छलफल भइरहेको छ । छिट्टै यस किसिमको योजना ल्याउन लागिएको गुगलले जनाएको छ ।

यस एपमा प्रयोगकर्ताले आफ्ना फोटो तथा भिडियो क्लाउडमा सेभ गर्न सक्छन् । साथै तस्वीरलाई एडिट गर्ने सुविधा पनि दिइएको छ । हालसम्म गुगलले यसको लागि कुनै किसिमको शूल्क लिने गरेको थिएन । तर अब यसबारे तयारी भइरहेको जनाएको छ ।

यस एपमा निश्चित किसिमका सुविधा प्रयोग गरेबापत शूल्क लिने तयारी छ । ‘कलर पप’ फिल्टर प्रयोग गर्न चाहनेले पे गर्नुपर्ने हुनसक्छ ।

प्राप्त जानकारीका अनुसार जसले कलर पपको प्रयोग गर्न चाहन्छन् उनले सब्सक्रिप्शन शूल्क तिर्नुपर्ने हुनसक्छ । यो शूल्क गुगल वानको माध्यमबाट ल्याउने तयारी भइरहेको छ । जसमा मासिक रुपमा शूल्क तिरेर गुगल फोटोजका सुविधा प्रयोग गर्नुपर्ने हुन्छ । (एजेन्सी)