सभापति देउवाले बोलाए पार्टीको केन्द्रीय समिति बैठक

२५ जेठ, काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि पार्टीको केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् ।

कोरोना भाइरसको महामारीका सम्बन्धमा छलफल गर्ने एजेण्डा तोकेर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल देखिँदा पनि कुनै विकल्प अघि नसारी संसद्को प्रमुख प्रतिपक्ष दल सरकारकै सहयोगीको रुपमा अघि बढेको भन्दै आलोचना हुन थालेपछि देउवाले बैठक बोलाएका हुन् ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिअनुसार सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बैठक बस्नेछ ।