थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ जना निको भए

सक्रिय संक्रमितको संख्या ३७ हजार २२

कात्तिक, २८ काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप २१११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५३७ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

अहिलेसम्म नेपालमा १५ लाख ९३ हजार ८५० वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९८६ रहेको छ ।