कात्तिक, २९ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १९५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ५०३ रहेको छ । यससँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ । अहिलेसम्म नेपालमा १६लाख २ हजार ६०३ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ५७ रहेको छ ।







