बेलायतमा २४ घन्टामा साढे ४ सय संक्रमितको मृत्यु

कात्तिक ३०, काठमाडौं ।
बेलायतमा पछिल्लो २४ घन्टायता साढे चार सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोशल केयर’को तथ्यांक अनुसार चार सय ६२ जनाको मृत्यु भएको छ ।

यसैगरी, पछिल्लो २४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिबार साँझसम्ममा थप २६ हजार ८ सय ६० नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १३ लाख ४४ हजार ३ सय ६५ पुगेको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार ७ सय ६६ पुगेको छ ।

साथै, पछिल्लो २४ घन्टामा थप एक हजार ८ सय ६ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने एक हजार ३ सय ५५ जनाको भेन्टिलेतर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ९ सय १५ जनाको विभिन्न अस्पतालमा उपचाररत छन् । (एजेन्सी)