सचिवालय बैठक छल्न प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषदको बैठक

मंसिर ३, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । सोमबार र बिहिबार नियमित बैठक बस्ने गरे पनि प्रधानमन्त्रीले बुधबारका लागि बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी आएको एक मन्त्रीले बताए ।

आजै दिउँसो १ बजे नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक डाकेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

पछिल्लो समय नेकपा अध्यक्षद्वय प्रचण्ड र ओलीबीच पार्टी सन्चालनको विषयमा सम्बन्ध बिग्रिएको बेला एउटै समयमा दुई बैठक डाकिएको हो । ओलीले सचिवालय बैठक छल्न मन्त्रीपरिषद् बैठक बोलाएको नेकपा नेताहरु बताउँछन् ।

ओलीले सचिवालय बैठक चाहेका छैनन् भने प्रचण्ड समूहले जसरी पनि बैठक बस्ने अडान लिइरहेको छ । यस्तो बेला बैठक छल्ने रणनीतिका साथ ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएको बुझिएको छ ।