नेकपाको सचिवालय बैठक तोकिएकै समयमा बस्ने, प्रम ओली केहीबेर सहभागि हुने

मंसिर, ३ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक तोकिएकै समयमा हुने भएको छ ।

आज राख्ने सचिवालय बैठक सार्न प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्ने प्रयास विफल भएको हो ।

बैठक आज राख्ने र नराख्नेबारे ठुलै रस्साकस्सी देखिएको थियो ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत सदस्यले बैठक गरिछाड्ने अडान लिएका थिए।

अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि तोकिएको समयमै बैठकमा सहभागी हुने जानकारी गराएका थिए।

प्रधानमन्त्री ओली पार्टी सचिवालय बैठकमा सहभागी हुने भएपछि यता सोहि समयमा बोलाइएको मन्त्रीपरिषद्को बैठक एक घण्टाका लागि सारिएको छ ।

प्रधानमन्त्री केहीबेर सचिवालय बैठकमा बसेर मन्त्रिपरिषद् बैठकमा सहभागी हुने तयारीमा रहेको बताइएको छ ।