देशभर २१०३ जना कोरोना संक्रमित थपिए, २८५८ जना संक्रमण मुक्त

मंसिर, ४ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २८५८ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख ३३ हजार ५५९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।