देशभर १९५४ जना कोरोना संक्रमित थपिदा ५३६४ निको भए

अहिलेसम्म नेपालमा १६ लाख ४३ हजार ८९९ वटा पीसीआर नमूना परीक्षण

मंसिर, ५ काठमाडौं । पछिल्लो विवरण अनुसार बितेका २४ घण्टामा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त संख्यासँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ हजार ३६४ रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख ४३ हजार ८९९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।