मंसिर ६, काठमाडौं ।
प्रहरीले शुक्रबार राति ललितपुरको बागडोलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
सरकारबाट प्रतिबन्धित विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय संजिव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल बागडोल बस्ने ४१ वर्षीय प्रेम बहादुर दलान छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको बताइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आजदेखि विप्लव समूहले ३ दिनसम्म वर्षगाँठ मनाउँदैछ, मंसिर ६, ७ र ८ गते । वर्षगाँठमा विप्वल समूहको मुमेन्ट बढ्नसक्ने भन्दै उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।







