सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी

मंसिर ७, चितवन ।
स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी पूर्वी चितवनको एक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका छन् ।

राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए ।

उनले ‘मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नारावाजी गरेका थिए ।

‘पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनमा उनलाई कुनै पनि कार्यक्रममा बोल्न दिदैनौं’ आचार्यले भने । नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो ।

नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले भने केही साथीहरुले कार्यक्रममा आएर उच्छिृङखलता देखाएको बताए । ‘उहाँले गुटका कुरा गर्नुभएको थिएन, तर साथीहरु आएर पार्टीको नाममा गुट गर्ने भनेर नारावाजी गर्नुभयो’ लामाले भने, ‘यसो नगरेको भए राम्रो हुन्थ्यो ।’