नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु

मंसिर, ७ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १६ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३ सय २१ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।