मंसिर, ८ काठमाडौं । चिनियाँ राजदुत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् ।
प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार राजदूत यान्छीले चीनबाट हुन लागेको उच्चस्तरीय भ्रमणको विषयमा प्रचण्डलाई जानकारी गराएकी छिन् ।
राजदूत यान्छी प्रचण्डलाई भेट्न सोमबार बिहान खुमलटार पुगेकी हुन् ।
मंसिर १४ गते चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ । सोही विषयमा जानकारी गराउनका लागि राजदूत यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी प्रचण्डको सचिवालयका एक सदस्यको भनाइ छ ।
राजदूत यान्छीले सत्तारुढ नेकपाभित्र जारी विवादका विषयमा पनि प्रचण्डसँगको भेटमा चासो राखेकी बुझिएको छ ।







