सुनको मूल्य स्थिर

मंसिर, ८ काठमाडौं । आज सुनको मुल्यमा कुनै उतार चढाव आएको छैन् । पहेँलो धातु (सुन) हिजोकै मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।