पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन

मंसिर, ८ काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज) (पिएमएलएन) ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।

उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षको थिइन्। उनी केही समययता देखि विरामी हुनुहुन्थ्यो र लन्डनको एक अस्पतालमा उपचार गराइरहेकी थिइन् ।

सो दलका उप सचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ ।

पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत हुनुहुन्छ । उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ । त्यसैले उनी पनि लन्डनमै उपचाररत थिइन् । छोरा विरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएका थिए । उनलाई देश बाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लन्डन गएकी थिइन् ।