नेपाल इन्भेष्टमेन्ट बैंकले जित्यो २ अर्बको बैंक ग्यारेन्टी मुद्दा

२८ जेठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा परेको २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ।तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटलियन कम्पनी कोपरेटिभ मुराटोरी एण्ड केमेन्टिस्टी (सीएमसी) लाई दिइएको काउन्टर बैंक ग्यारेन्टी विवाद सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले मुद्दा जितेको हो।

बैंकले तनहुँ जलविद्युत परियोजनाका ठेकेदार कोपरेटिभ मुराटोरी एण्ड केमेन्टिस्टी (सीएमसी) ले कार्य सम्पादनका लागि ग्यारेन्टी दिएको थियो। उक्त कम्पनीले बीचैमा काम छोडेर हिँडेपछि लेनदेनको विवाद अन्तर्राष्ट्रिय अदालतसम्म पुगेको थियो।