मंसिर, ९ काठमाडौं । पछिल्लो विवरण अनुसार नोपालमा बितेका २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २७९१ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।






