देशभर थपिए १७९० जना कोरोना संक्रमित, २७९१ संक्रमण मुक्त

संक्रमितको संख्या १७ हजार ८५९

मंसिर, ९ काठमाडौं । पछिल्लो विवरण अनुसार नोपालमा बितेका २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २७९१ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।