थप १३०४ जनामा कोरोना संक्रमण, संक्रमण मुक्त हुनेको संख्या २०७३

कुल कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुग्यो

मंसिर, १६ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उक्त संख्यासँगैनेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २०७३ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।