सुन प्रतितोला ९० हजार नजिक

२९ जेठ, काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ पुगेको हो।

बुधबार ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन एक हजार रुपैयाँले वृद्धि हुँदै ८९ हजार ६ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य बुधबार प्रतितोला चाँदी ९ सय ३५ रुपैयाँ कारोबार भएकोमा बिहीबार ९ सय ५० रुपैयाँ पुगेको हो।