मंसिर, १८ काठमाडौं । पछिल्लो बिवरण अनुसार नेपालमा थप १३४३ जना कोरोना संक्रमित थपिएका छन् ।
उक्त संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २१११ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।







