मंसिर, २८ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पूर्व सांसद समेत रहेका नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक वक्तव्य जारी गर्दै सकिएको छ ।
आजको बैठकमा कम्युनिष्ट आन्दोलनमा लामाले पुर्याएको योगदानका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यस बाहेक बैठकमा सचिवालय सदस्य समेत रहेका प्रवक्ता श्रेष्ठमाथि लागेको आरोपका विषयमा कुरा भएको बताइएको छ ।
आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रवक्ता माथि लगाइएको आरोपको भ्रममा नपर्न र कुप्रचारमा नलाग्न समेत आग्रह गरेका छन् ।
“कमरेड लामा र एउटा हाइड्रोपावरको सामान्य विवादमा प्रवक्तालाई अनावश्यक रुपमा मुछेर कुप्रचार भएको छ, कुप्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न पनि आग्रह गरेका छन् ।” प्रचण्डले बैठकलाई सम्बोधन गर्दै भनेको भनाइलाई उदृत गर्दै प्रवक्ता श्रेष्ठले भने ।
अर्को बैठक आगामी पुस १ गते प्रवत्ता श्रेष्ठले बताए ।







