१ बजे नेकपाको स्थायी कमिटीको बैठक बस्दै, ओली भेट्न बालुवाटार पुगे प्रचण्ड

पुष, १ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायस् कमिटीको बैठक आज दिउसो बस्दै छ ।

स्थायी कमिटी बस्नुअघि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

मंगलवार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै प्रचण्डपक्षले भेला गरि उक्त अध्यादेश फिर्ता लिन माग गरेको छन् । स्रोतले दिएको जानकारी अनुसार आजको भेटघाटमा मुख्यतः अध्यादेशको बारेमा छलफल हुनेछ । आज दिउँसो १ बजे बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक बस्दैछ ।

बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । गएको मंसिर २१ मा बैठक सुरु गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्घाटन मन्तव्य र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको दुई पन्ने पत्र पढेर सुनाएपछि एक साता स्थगित भएको थियो ।