पुष, १ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक दिउसो १ बजेका लागि बोलाइएको थियो। तर, यसअघि प्रधानमन्त्री नआउँदा रोकिएको बैठक तीन घण्टापछि सुरु भएको हो।
गत २१ र २८ गते बसेको स्थायी कमिटीको बैठककै निरन्तरता स्वरुप आजको बैठक बस्न लागेको हो। अध्यद्वय ओली र दाहालले पेश गरेको प्रस्तावमा छलफल हुने कार्यसूची तय गरिएको थियो। तर, त्यसलाई ओलीले अस्वीकार गरेपछि बैठक बस्न सकेको थिएन।
बैठक अगाडि आजै मात्र प्रचण्डले ओलीलाई दुई पटक भेटिसकेका छन्।







