देशभर थपिए ७३६ जना कोरोना संक्रमित, ८४७ जना निको भए

हाल सक्रिय संक्रमितको संख्या ९७५७

पुष, १ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८४७ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ ।