होटल चितवनले पायो साटाको अवार्ड

पुस ०२ भरतपुर । सिजी ल्याण्डमार्कस्थित दी फन रेसिडेन्सी (होटल चितवन)ले दी साउथ एसियन ट्राभल अवार्ड (साटा)को सिल्भर अवार्ड प्राप्त गरेको छ । साटाले दक्षिण एसियाका होटलहरुबीच तीनवटा शीर्षकमा उत्कृष्टता मापन गरी अवार्ड प्रदान गरेको हो । दी फन रेसिडेन्सीले लिडिङ इको फ्रेन्डली सिटी होटल शीर्षकमा सिल्भर अवार्ड प्राप्त गर्न सफल भएको रेसिडेन्सीका अपरेसन हेड दीपेन्द्र पोख्रेलले बताए ।
लिडिङ इको फ्रेन्डली सिटी होटल शीर्षकमा भारतको चेन्नाईको एक होटलले गोल्ड अवार्ड प्राप्त गरेको हो । यस शीर्षकको नोमिनेसनमा सहभागी होटलहरुमध्ये ८० प्रतिशत होटल नेपालका रहेको उनले बताए । साटाले भर्चुअल माध्यमबाट रेसिडेन्सीलाई सिल्भर अवार्डले सम्मानित गरेको उनले बताए ।