पुष, २ काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा लगाइएको जोर विजोर प्रणली शुक्रबारबाट अन्त्य हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहितको बैठकले उक्त निर्णय गरेको हो ।
नेपालमा लकडाउन अन्त्य भएसँगै सवारी सञ्चालनको व्यवस्थापन गर्नका लागि जोरबिजोर प्रणाली लागू गरिएको थियो ।
लकडाउन खुलेपनि गत साउन २१ गतेदेखि यातायातका साधनमा जोर बिजोर प्रणाली लागू भएको थियो ।
नेपालमा लकडाउनपछि सबै क्षेत्र खुला भएपनि बिगत ४ महिनादेखि सवारीमा जोरबिजोर प्रणाली भने हटेको थिएन् ।







