३६ एसपीको सरुवा, कास्की प्रहरी प्रमुखमा जिबन कुमार श्रेष्ठ

१ असार, काठमाडौं । नेपाल प्रहरीले ३६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा गरेको छ । लामो समयदेखी रोकिएको एसपीहरुको सरुवा आज भएको हो ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सुचिअनुसार कास्की प्रहरी प्रमुखमा जिबन कुमार श्रेष्ठ लाई सरुवा गरिएको छ । हाल उनी महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रबक्ताको रुपमा कार्यरत थिए । त्यस्तै एसपी ओम राना बांके सरुवा भएका छन् ।

एसपीहरु नवराज अधिकारी कपिलवस्तु, अरुण पौडेल तनहुँ, सुरेन्द्र बहादुर गुरुङ गोरखा र सन्तोष खड्काको मोरङमा सरुवा भएको छ ।

हेर्नुहोस सरुवाको सुची