बैंकमा जान नसक्नेका लागी घरमै पुगेर भत्ता वितरण

पुस ,०३ अर्घाखाँची ।अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं. ६ धातिवाङ्गा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बंैकिङ्ग प्रणालीबाट वितरण भएको भत्ता लिन जान नसक्ने असहाय, वृद्धवृद्धाहरुका लागी वडामै गाउँपालिकाका कर्मचारी र बैंकका कर्मचारी ल्याएर वितरण गरिएको वडा अध्यक्ष शुभबहादुर सारुले बताए । २४ जना वृद्धवृद्धाहरुलाई घरमै पुगेर वृद्धभत्ता वितरण गरिएको हो ।

वडा कार्यालय पधेरा र बाढुङ्गाको सुर्योदय आधारभुत विद्यालयमा २० जनालाई वितरण गरिएको छ । ४ जनालाई घरमै पुगेर वितरण गरिएको छ । धातिवाङ्ग धनुखर्कका गणबहादुर सुनार बिमारी भएका कारण घरबाट हिड्न नसक्ने छन । उनलाई बिहिबार वडा अध्यक्ष शुभबहादुर सारु, अधिकृत कमलकान्त खनाल, ग्लोबल बैंकका प्रतिनिधी सहितको टोलीले वृद्धभत्ता घरमै लगेर दिदाँ निकै खुसी भए । धातिवाङ्गको उर्लेनीमा अतिअपाङ्ग भई घरमै बस्नुभएका भोजराज पौडेलको घरमा पुगेर गाउँपालिकाले अपाङ्गताको कार्ड नविकरण गरेको छ ।