घरमै खाता खोल्न पुग्यो ग्लोवल आइएमई बैंक

पुस ,०३ अर्घाखाँची ।अर्घाखाँची । छत्रदेव गाउँपालीका वडा नं. २ वल्कोट झिर्वासका एकाघरका अपांगहरूलाई ग्लोवल आइएमई बैंक अर्घाखाँची शाखाले घरमै पुगेर खाता खोलेर सेवा दिएको छ । ग्लोवल आइएमई वैंक अर्घाखाँची बिएलबी बल्कोट शाखाले घरमै पुगी खाता खोली अपांग भत्ता दिएको छ ।

अपांगहरू नारायण भुसाल, टामलाल भुसाल र धनकला भुसाललाई वडाअध्यक्ष राजेश कुमार पन्थीसहित जनप्रतिनिधि र वडासचिवको रोहबरमा बैंकमा खाता खोली अपांग भत्ता दिएको ग्लोवल आइएमई बैंक सन्धिखर्क शाखा प्रमुख प्रल्हाद न्यौपानेले जानकारी दिए ।