पुष, ३ काठमाडौं । यतिखेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा छ ।
सोहि विवाद चलिरहदा प्रचण्ड–माधव नेपाल पक्षले जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएको छ ।
आज प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरुलाई काठमाडौंमा बोलाएको स्रोतको दावी छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलामा केपी ओली इतर समूहका अध्यक्ष र सचिवहरु सहभागी हुने र उनीहरुलाई पार्टीभित्रको पछिल्लो अवस्थाबारे शीर्ष नेताले जानकारी गराउने एक केन्द्रीय सदस्यले बताए ।
प्रचण्ड नेपाल समूहले यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत गरिसकेको छ ।







