पुस ,०६ अर्घाखाँची। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष तथा नेपाली कांग्रेस मालारानी गाउँपालिका का सभापती शोभाखर खनालले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेका छन ।
मालारानी गाउँपालिका वडा नं ३ खनार मा रहेको श्री नर्सरी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गरेका छन।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषनारायण खनालको अध्यक्षता, प्रध्नाध्यापक तुल्सीराम खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि शोभाखर खनाल, विद्यालय व्यावस्थापन समिति सदस्य सान्ता खनाल, विद्यार्थी अभिभावक कमला खनालले मन्तव्य राखेकी थीईन। बाबुराम अर्याल, डि वि खनाल , चमेला खनाल, चेतनारायण खनाल लगायतको उपस्थिति रहेको थियो।
यसअघि पनि उनले खनदहको कुनाखर्कमा रहेको नवज्योती आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाइ स्टेशनरी सामाग्री प्रदान गरेका थिए ।
मालारानी ३ का अध्यक्ष शोभाखर खनालद्धारा जन्म दिनमा विद्यार्थीलाई स्टेशनरी बितरण







