“संसद विघटन भएपछि भेला को कुनै अर्थ छैन ” – नेता रायमाझी

पुस,६ काठमाडौं । अर्घाखाँचीका नेता टोप बहादुर रायमाझीले आजको कुनै पनि बैठक मा आफू सहभागी नहुने बताएका छन ।

पुर्व मन्त्री, नेकपा का निवर्तमान सांसद तथा स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले आजको कुनै पनि भेला मा आफू सहभागी नहुने बताएका छन ।

उहाँले संसद विघटनपछि भेलाको कुनै अर्थ नरहेको बताएका हुन । संसद विघटन भएपछि भेलाको कुनै अर्थ नरहेकाले बालुवाटार भेला र दिउँसोको बैठक मा पनि नजाने उहाँ को सचिवालय ले बताएको छ ।