प्रचण्ड समूहको भेला वानेश्वरमा सुरु

पुष, ६ काठमाडौं । ओली इतरका नेताहरुको भेला वानेश्वरमा सुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेला शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रचण्ड नेपाल समूहले त्यसको प्रतिकारस्वरुप छलफल शुरु गरेका हुन् ।

आजको भेलामा नेकपाका उपाध्यक्ष वामदेव गौतम, रामबहादुर थापालगायतका नेता अनुपस्थित रहेको स्रोतले जनाएको छ ।