संसद विघटन भएको छैन, हामी मान्दैनौ : माधव नेपाल

पुष, ६ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले केपी शर्मा ओलीको प्रतिनिधि सभा बिघटन गर्ने निर्णय असंबैधानिक भएको बताएका छन् ।

उनले सविंधानमा त्यस्तो कुनै प्राबधान नभएको दाबी गरेका छन् । उनले भने– अहिले उहाँ अल्पमतामा परिसकेको अवस्थामा हिजो सविधानको निर्माण गर्दाको जुन स्पिरिट हो हामीले ल्याएको व्यवस्था आफ्नै पन हो । ओलीको कदम अलोकतान्त्रिक छ। निरङ्कुस तरिको अवलम्बन छ । त्यसकारण यसको घोर विरोध गर्छौँ।र, संसद बिघटिक भएको ठान्दैनौँ । संसद बिघटन गर्ने अधिकार नै उहाँमा छैन । राष्ट्रपतिले जुन हिसाबले स्विकार गर्नु भो त्यो पनि अत्यन्तै खेदजनक छ।’