लुम्बिनी प्रदेश सरकार पनि अल्पमतमा

पुस ,०६ काठमाडौ ।नेकपाको केन्द्रमा देखिएको विवाद अब प्रदेश सरकार तिर पनि देखिने निश्चित जस्तै छ।हाल लुम्बिनी प्रदेशमा शंकर पोखरेलको नेतृत्वमा नेकपाको दुई तिहाई बहुमतको सरकार छ।

लुम्बिनी प्रदेश सभामा ८७ जना सासंद मध्ये पुर्व एमाले र माओवादी बाट ६१ जना निर्वाचित छन् ।ती मध्य पुर्व एमाले बाट ४१ जना र पुर्व माओवादी बाट २० जना रहेका छन् ।सरकार लाई बहुमत पुग्न ४४ सासंद आबश्यक पर्छ।पुर्व माओवादीले मात्र साथ छोड्दा पनि सरकार अल्पमतमा पर्न जान्छ।

यसमध्य गृहमन्त्री रामबहादुर थापाको पक्षका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसि सरकारको पक्षमा उभिन सक्छन् ।सभामुख पुर्ण बहादुर घर्ती पनि बादल समुहका हुन् ।उनी सभामुख भएको कारणले मताधिकार भने छैन ।नेपाली काङ्ग्रेसका १९ ,जसपाका ६ र रास्ट्रिय जनमोर्चाका १ जना सासंद छन् ।पुर्वएमाले भित्र ओलि पक्षका बढी सासंद भएपनी माधब नेपाल-प्रचण्ड एउटा कित्तामा उभिदा बहुमत पुग्ने देखिएको  छ।