दुर्घटनामा वडाध्यक्ष सहित दुई जना घाइते

पुस,०६ दाङ ।दाङमा मोटरसाइकल र जीप एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगपालिका वडा नं. २ डाँडाचिस स्थित तुलसीपुरदेखि पश्चिम तर्फ जादै गरेको रा १ ब ४०४५ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फबाट आउदै गरेको रा १ ज ४०६९ नम्बरको जीप एक आपसमा ठोकिदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।