असंबैधानीक कदम नसच्याए आन्दोलन गर्ने चेतावनी

पुष, ६ सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनी नगर कमिटी, सुनसरीले संघीय संसद भंग गर्ने असंबैधानीक निर्णय नसच्याए अधिनायकवादी शासकहरुविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सोमबार रामधुनी नगर पार्टी कार्यालयमा बसेको नगर कार्यालय, नगरभित्रको भुगोलका जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको नेकपा रामधुनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारको गैरसंबैधानीक कदमले जनताको रगत, आँशु र पसिनाले लेखिएको संघीय लोकतान्त्रीक गणतान्त्रीक संविधान धरापमा परेको नेकपा रामधुनीको ठहर छ ।