ओलीको उद्घोष : पार्टी विभाजनतर्फ नलाग्ने, महाधिवेशन आयोजना गरेर नेतृत्व चयन गर्ने

‘कसैलाई कार्वाही गर्दैनौं’

पुष, ७ काठमाडौं । सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओलीले पार्टी नफुटाउने उद्घोष गरेका छन् ।

वालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विभाजनतर्फ नलागी महाधिवेशन आयोजना गरेर नेतृत्व घोषणा गर्ने जनाएका छन्।

ओलीले कसैलाई कारबाही पनि नगर्ने र पार्टी विभाजन पनि नगर्ने घोषणासमेत गरे ।

‘हामी कसैलाई पनि कारवाही गर्दैनौं, न त पार्टी नै बिभाजन गर्छौ’ ओलीले बैठकमा भने, ‘महाधिवेसन गरेर नेतृत्व हस्तान्तरण गछौं, अब जाने भनेको महाधिवेसनमा नै हो’, महाधिवेशनको तयारी गर्नका लागि ओलीले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्।