ओलीले गठन गरे महाधिवेशन आयोजक समिति

पुष, ७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति गठन गरेका छन् ।

नेकपामा अहिले ४ सय ४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५ सय ५६ जना थप गरेर ११९९ सदस्य आयोजक समिति गठन गरेको बैठकमा सहभागी एक नेताले बताए । यसअघि बसेको स्थायी कमिटीको बैठकले चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

यता, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि १ बजे केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।